१२ श्रावण २०८१, शनिबार

५२९२ जना कोभिड संक्रमित थपिए, ८१९१ जना निको
  • न्युज मानसराेवर

बाँके\पछिल्लो २४ घण्टामा मुलुकमा ५२९२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६०८८ नमुना (१०३६८ पीसीआर र १८२० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

सोही अवधिमा थप ८१९१ जना निको भएका छन् । आज थप ८ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।सक्रिय संक्रमण संख्या ७९२७२ पुगेको छ । ३ लाख ६६ हजार जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।  १८ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।

  • १७ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech