१२ श्रावण २०८१, शनिबार

७१ प्रतिशतले लगाए पूर्ण खोप
  • न्युज मानसराेवर

बाँके\नेपालमा कुल जनसङ्ख्याको झन्डै ५५ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्याको ८३.७ एक मात्रा र ७१.३ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अनुसार, कुल जनसङ्ख्याको ५४.९ र एक मात्रा ४६.८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी, हालसम्म तीन करोड १२ लाख ४३ हजार ५०३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार ६०३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech