१२ श्रावण २०८१, शनिबार

बाँकेमा मंगलवार ७५ संक्रमित थपिए, ९७ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\बाँकेमा मंगलवार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ५८ र एन्टिजेन परीक्षणमा १७ जनागरी ७५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा १५० जनाको नमुना जाँच्दा ५८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ३३, कोहलपुर मेडिकल कलेजमा १३ र बागेश्वरी ल्यावमा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुनाहा नाकामा ३०९ जनाको एन्टिजेन जाँच गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७०० पुगेको छ ।

यस्तै थप ९७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ८६५ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३९ जना मध्यम खाले विरामी छन् ।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech