१२ श्रावण २०८१, शनिबार

स्थानीय तहको चुनाव २०७९ जेठ ४ गते एकै चरणमा
  • न्युज मानसराेवर

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन २०७९ साल जेठ ४ गते एकै चरणमा गर्ने भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी भएको हो।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै निर्वाचनको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘सरकार र आयोगबीच जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको छ। प्रधानमन्त्रीज्यूले तयारी अघि बढाउन भन्‍नुभएको छ। अब छिट्टै सरकारले निर्वाचनको मिति घोषणा गर्छ।’

आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो। तर, सत्तारुढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन।

गत शनिबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न सहमति जनाएपछि मंगलबार प्रधानमन्त्रीले जेठ ४ मा गर्ने बताएका हुन्।

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech