११ श्रावण २०८१, शुक्रबार

जतनाको फैसला सत्य र न्यायको पक्षमा हुन्छ : महासचिव पोखरेल
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले गरेका राम्रा काम र गर्न चाहेका कामको फेहरिस्त बोकेर जनताका बीचमा जान पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

उनले बुधवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै एजेण्डा बिहिन गठबन्धनले नभई देश र जनताका पक्षको एजेण्डाबाट चुनाव जित्ने उल्लेख गरेका छन् ।

उनले जतनाको फैसला सत्य र न्यायको पक्षमा हुने भन्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरेका हुन् ।

उनले भनेका छन्, तीन तहको चुनावसँगै पूरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिनेछ ।’

महासचिव पोखरेलले विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्तिलाई रोक्न पाँच दलीय गठबन्धन बनेको समेत टिप्पणी गरे ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech