११ श्रावण २०८१, शुक्रबार

बाँकेमा बिहीवार ४४ संक्रमित थपिए, ८६ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा बिहीवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३२ र एन्टिजेन परीक्षणमा १२ जनागरी ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा ३२ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा ११, कोहलपुर मेडिकल कलेजमा १५ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जमुनाहा नाकामा २८४ जनाको एन्टिजेन जाँच गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये बाँकेका १४ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७५५ पुगेको छ ।

यस्तै थप ८६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ४७ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६२९ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । ४६ जना मध्यम खाले विरामी छन् ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech