१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगरसहित बाँकेमा एकजना पक्राउ
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्ज उपमहानगरपालिका–७ गगनगन्जबाट बिहीवार लागुऔंषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । २५ वर्षीय शुभम मानन्धर ६ ग्राम ब्राउन सुगरसहित घरबाटै पक्राउ परेको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज डिल्ली बहादुर खड्काले जानकारी दिए ।

विशेष सूचनाको आधारमा वडाको प्रहरी टोली र लागुऔषध ब्युरोको टोलीले मानन्धरको घरमा छापा मारेको थियो ।

प्रयोगकर्तासमेत रहेका मानन्धरले रुपइडिहाबाट लागुऔषध ल्याउने र यहाँ बेचबिखन गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech