१२ श्रावण २०८१, शनिबार

कोरोनाबाट बाँकेमा दुईजनाको मृत्यु
  • न्युज मानसराेवर

 बाँके\ कोरोना संक्रमणबाट बाँकेमा दुईजनाको मृत्यु भएको छ ।

कोभिड वार्डमा उपचार गराइरहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ८६ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

माघ १३ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन अस्पताल भर्ना भएका थिए । उनको बिहीवार विहान मृत्यु भएको हो ।

यस्तै भेरी अस्पतालमा उपचाररत दाङका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोभिड वार्डमा उपचार गराइरहेका शान्तिनगर गाउँपालिका ३ का ८० बर्षीय पुरुषको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिए । माघ १६ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन अस्पताल भर्ना भएका थिए । उनको बुधवार राती मृत्यु भएको हो ।

योसंगै बाहिरी जिल्लाका ४४२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ ।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech