१२ श्रावण २०८१, शनिबार

३१ सय ७५ संक्रमित थपिए, १४ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ पछिल्लो २४ घण्टामा देशभर ३ हजार १७५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

१० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ र २ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो। जम्मा नमुना परीक्षण १२ हजार ६०५ जनाको भएको हो।

सोही अवधिमा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् भने १४ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आजको दिनमा सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ छ। पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ५४० जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।

  • २० माघ २०७८, बिहीबार प्रकाशित

  • Nabintech