११ श्रावण २०८१, शुक्रबार

देशभर भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने
  • न्युज मानसराेवर

बाँके\पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको हो। गएरातिदेखि नै देशभर पानी परिरहेको छ।

आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गण्डकी तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

विभागले देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ।

आज राति प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

देशका धेरै स्थानमा मेघ गर्जन/चटयाङ र असिनासहित वर्षा र देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech