१२ श्रावण २०८१, शनिबार

पार्टी परित्याग गर्ने दाङका तीन जनप्रतिनिधिलाई एमालेले गर्‍यो कारबाही
  • न्युज मानसराेवर

दाङ\ नेकपा (एमाले) दाङले तुलसीपुर उपमहानगरपालिकाका तीन जनप्रतिनिधिलाई पार्टी हितविपरीत काम गरेको भन्दै कारबाही गरेको
छ । एमालेको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित जानका रेग्मी‚ डिला परियार र दिपक कुमाललाई पार्टी हितविपरीत काम गरेकाले कारबाही गरेको हो ।

स्थानीय तहको निर्वाचन २०७४ मा एमालेको तर्फबाट कार्यपालिका सदस्यमा निर्वाचित तीनै जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरूलाई बिहीबार पार्टीको जिल्ला र केन्द्रबाट कारबाही गरिएको जिल्लासचिव मनोहर बुढाथोकीले बताए । हाल तीनै जना जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech