१२ श्रावण २०८१, शनिबार

विश्व क्यान्सर दिवस बाँकेमा मनाइयो
  • न्युज मानसराेवर

बाँके\ शुक्रवार विश्व क्यान्सर दिवस मनाइएको छ । ’क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दूरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस बाँकेमा मनाइएको छ ।

हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सर रोगको निवारणका लागि सरोकारवाला संस्थाले चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाइएको हो ।

दिवसका अवसरमा बाँके स्थित शुसिल कोइराला प्रखर क्यान्सर अस्पतालले पनि अनौपचारिक रुपमा कार्यक्रम गरेको छ । अस्पतालमा कार्यरत कर्मचारीहरु बिच ब्याडमिन्टन र कबिता प्रतियोगिता गर्ने कार्यक्रम रहेपनि पानीले गर्दा स्थगित गरिएको छ ।

दिवसका अवसरमा अस्पतालमा भर्ना भएका क्यान्सरका ३० जना बिरामीलाई फलफुल वितरण गरिएको अस्पतालका निर्देशक डा. कृष्ण आचार्यले बताए ।

नेपालमा बर्षेनी क्यान्सरका बिरामीको संख्या बढिरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ । खानपानमा ध्यान पुर्याए मात्रै क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech