१२ श्रावण २०८१, शनिबार

पत्रकारको भेषमा चन्दा असुल्ने प्रहरी नियन्त्रमा
  • न्युज मानसराेवर

बाँके\ नेपालगञ्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमोलीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमोलीले १० हजार रकम मागेका थिए ।

उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए । जानकी गाउँपालिका–६ गनापुर निवासी तमोलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जमुनाहा प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमोलीलाई नियन्त्रणमा लिइएको हो ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech