१२ श्रावण २०८१, शनिबार

स्काभेटरमाथि आगजनी गर्नेलाई कारवाहीको दायरामा ल्याउन काँग्रेसको चेतावनी
  • न्युज मानसराेवर

कोहलपुर\ नेपाली काँग्रेस क्षेत्र नं. १ क्षेत्रीय समितिले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा राखिएको स्काभेटर आगजनीको घटनाप्रति घोर आपत्ति प्रकट गरेको छ ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एबम् नेपाल तरुण दल कोहलपुरका उपाध्यक्ष गौरव रावलको स्काभेटरमा आगजनी गरिएको घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नं. १ क्षेत्रीय सचिव खुमबहादुर बस्नेतद्वारा एक विज्ञप्ती जारी गद घटनाको घोर आपत्ति प्रकट गरेको हो ।

सो विज्ञप्तीमा राष्टमुखी निर्माण सेवाका प्रोपराईटर समेत रहेका रावलले नियम संगत राजस्व तिरेर स्टक प्रमाणित गरी राखेको नदीजन्य पदार्थ उठाई लैजानको लागि प्रयोगमा आउने भे १ क ११११ नम्बरको स्काभेटर राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा पार्किङ्ग गरी राखेको अवस्थामा गत माघ १८ गते राती अज्ञात समुहद्वारा भएको आगजनीको घटनामा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको उल्लेख छ ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech