१२ श्रावण २०८१, शनिबार

नेपाल उत्पिडित जातिय मुक्ति समाज राप्तिसोनारी कमिटीमा भरत बिसी चयन
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेको भातृय संगठन नेपाल उत्पिडित जातिय मुत्ति समाज राप्ती सोनारी गाउँपालिका स्तरीय कमिटी विस्तार गरिएको छ ।


एक कार्यक्रमको आयोजना गर्दै नेपाल उत्पिडित जातिय मुत्ति समाज पालिका स्तरीय कमिटी विस्तार गरिएको हो ।

भेलाले पालिका स्तरीय कमिटीको अध्यक्षमा भरत बिसीको नेतृत्वमा २९ सदस्य कार्य समिति चयन गरिएको छ ।  कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकालले उत्पीडित वर्गको एक मात्र सारर्थी नेकपा एमाले रहेको बताए ।

उनले श्रमिक वर्गको र सामाजिक रुपमा उत्पीडनमा रहेका वर्गको उत्थान र उनीहरुको शशत्तिकरणका लागि सर्दैव नेकपा एमाले साथमा रहेको बताए । उनले स्थानीय स्तरमा रहेका यस्ता उत्पीडन वर्गहरुका न्यास र उनीहरुको सवलीकरणमा नेपाल उत्पिडित जातिय मुत्ति समाजले महत्वूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास लिएको बताए ।साथै ढकालले स्थानीय चुनावमा केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्न समेत आह्व गरेका थिए ।  कार्यक्रमा नेकपा एमाले राप्ती सोनारी गाउँपालिका कमिटी अध्यक्ष मनोज केसी  राष्ट्रिय युवा संघ बाँकेका इन्चार्ज युवा नेता  खेमराज शर्मा लगाए जिल्ला कमिटी सदस्यहरुले आ आफ्नो धारणा राखेका थिए ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech