१२ श्रावण २०८१, शनिबार

ब्राउन सुगर कारोबारमै महिला प्रहरी नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके\ प्रतिबन्धित लागु औषध ब्राउन सुगर कारोबारमा महिला पनि संलग्न हुने गरेका छन् । ब्राउन सुगर कारोबार गरिरहेको अवस्थामा प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित शिव मन्दिर नजिकबाट महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका वडा नम्बर ४ निवासी २५ वर्षीया दुर्गा शर्मा रहेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनलाई शुक्रबार १२ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।

ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएर शर्मामाथी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । यसअघि पनि प्रहरीले नेपालगन्जको गगनगन्जबाट ब्राउन सुगर कारोबारमा संलग्न चार जना पुरुषलाई पक्राउ गरेको थियो ।

  • २२ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech