१२ श्रावण २०८१, शनिबार

सवारी दुर्घटनामा एक युवकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ स्कारपियोको ठक्करबाट बुटवलमा एक युवकको ज्यान गएको छ। शनिबार राति करिब १२ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-२ तिनाउ पुलमापूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१९च ९१५७ नम्बरको स्कार्पियोले विपरीत दिशाबाट आउँदै गरेको लु२४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

स्कारपियोको ठक्करबाट मोटरसाइकल चालक अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१ का ३० वर्षीय बासु आचार्यको ज्यान गएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार गम्भीर घाइते आचार्यको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech