१२ श्रावण २०८१, शनिबार

कार दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
  • न्युज मानसराेवर

बुटवल \बुटवलमा कार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्।

सोमबार बिहानै बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडि दुर्घटना भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ। पश्चिमदेखि पूर्वतर्फ गइरहेको ना२ख ९७७२ नम्बरको ट्रकसँग लु३च ४४४२ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech