११ श्रावण २०८१, शुक्रबार

मोटरसाइकल चोरीमा संलग्न चार जना पक्राउ
  • न्युज मानसराेवर

बर्दिया\ मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारबर्दिया –०२ बस्ने विशाल थापा, सोही ठाउँ बस्ने बिक्रम विश्वकर्मा, सुरेन्द्र विक र सागर परियार रहेका छन् ।

कार्तिक ५ गते बारबर्दिया–३ बस्ने महेश चौधरीको घरबाट भे७प ६६२५ नम्बरको कालो रङ्गको १०२ सीसीको प्लाटिना मोटरसाइकल चोरी भएको थियो ।

उक्त मोटरसाइकल विशाल थापाले चोरी गरेर आफू खुसि नम्बर प्लेट परिवर्तन गरेर चलाएको पाएपछि प्रहरीले पक्राउ गरेको हो । विशालले नम्बर परिवर्तन गरी भे४ प ३१२४ नम्बर राखेर चलाउँदै आएको थिए ।

प्रहरीले थापालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा चोरीमा संलग्न थप ३ जनालाई पनि पक्राउ गरिएको हो । जिल्ला अदालत गुलरियाबाट चोरी कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।

  • २४ माघ २०७८, सोमबार प्रकाशित

  • Nabintech