१२ श्रावण २०८१, शनिबार

बाँकेमा मंगलवार ४६ संक्रमित थपिए, ५० डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा मंगलवार थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३९ र एन्टिजेन परीक्षणमा ७ गरी ४६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७३ जनाको नमुना जाँच्दा ३९ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

भेरीमा १८, कोहलपुर मेडिकल कलेजमा १२ र बागेश्वरी ल्यावमा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३२९ जनाको एन्टिजेन जाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १९ जना छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७९३ पुगेको छ । यस्तै थप ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ३२० पुगेको छ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech