१२ श्रावण २०८१, शनिबार

कोरोनाबाट भेरी अस्पतालमा महिलाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ भेरी अस्पतालमा कैलालीकी एक महिलाको कोभिडबाट मृत्यु भएको छ ।

टिकापुर नगरपालिका वडा नम्बर ८ की ६८ बर्षीया महिलाको मंगलवार दिउँसो साढे १२ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

माघ २४ गते भेरी अस्पतालमा कोरोना परीक्षण गराउँदा पोजिटिभ रिपोर्ट आएकी उनी २४ गते नै कोभिड वार्डमा भर्ना भएकी थिइन् ।

अहिलेसम्म बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेका ३४९ जनाको मृत्यु भएको छ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech