१२ श्रावण २०८१, शनिबार

बाँकेमा बुधवार २८ संक्रमित थपिए, ३२ डिस्चार्ज
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा पछिल्लो २४ घण्टामा २८ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट २० र एन्टिजेन परीक्षणबाट ८ गरी २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ७८ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३१८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ११ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८४७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३५२ पुगेको छ ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech