१२ श्रावण २०८१, शनिबार

विद्युतीय भोटिङ मशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन
  • न्युज मानसराेवर

बाँके\ आसन्न स्थानीय तह निर्वाचनमा विद्युतीय भोटिङ मशिन प्रयोगको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन भएको छ ।

निर्वाचन आयोगमा बुधवार भएको छलफलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा मन्त्रालय र आयोगका अलावा सूचना विभाग, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, नास्ट लगायतका निकायका प्रतिनिधि सामेल छन् ।

कार्यदललाई विद्युतीय भोटिङ मशिनको उपलब्धता, यसको विश्वसनीयता, प्रयोगको सम्भाव्यता आदिका विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक साताको समय दिइएको

देशैभरी सम्भव नभएपनि काठमाडौं उपत्यका, निश्चित जिल्ला वा देशभरका महानगरमा विद्युतीय मशिन प्रयोगको सम्भाव्यताबारे कार्यदलले अध्ययन गर्नेछ ।

आयोगले हाल देशभरमा १ करोड ८५ लाखको हाराहारीमा मतदाता पुगेको आयोगले अनुमान गरेको छ । २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदाताको संख्या १ करोड ५४ लाख थियो । ​

२०७७ पुसमा अध्यावधिक गर्दा १ करोड ६२ लाख ४३ हजार रहेको र हाल १ करोड ८५ देखि ८६ लाख पुगेको हुनसक्ने अनुमान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

  • २६ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech