११ श्रावण २०८१, शुक्रबार

बाँकेमा आज ३१ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\बाँकेमा पछिल्लो २४ घण्टामा ३१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट १३ जनागरी ३१ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ८, कोहलपुर मेडिकल कलेजमा ९ जना र बागेश्वरी ल्यावमा १ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

यी तीन अस्पतालमा ८७ जनाको नमुना जाँच भएको थियो । यस्तै भारतबाट फर्किने ३२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ६ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८६५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४०४ पुगेको छ ।

अस्पतालमा दुई जना विरामी सिकिस्त छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा २४ जना भने मध्यम खाले विरामी रहेको वलीले बताए ।

  • २८ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech