११ श्रावण २०८१, शुक्रबार

दाङमा जन्ती बोकेको बस दुर्घटना
  • न्युज मानसराेवर

दाङ\दाङमा जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते हुनेमा तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ।

भारतबाट दुलही लिन कोइलावास हुँदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतीय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा-५ चिसापानी नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ।

भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउँदै गरेको भ्यान शुक्रबार साँझ करिब ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। घाइते सबैलाई उपचारका लागि लमही अस्पताल लगिएको छ।

दुलहा अर्को गाडीमा चढेका थिए। गाडीको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech