१२ श्रावण २०८१, शनिबार

कोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\ कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ निवासी ८४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यही माघ १८ गते भेरी अस्पतालमा पिसिआर परिक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि भोलीपल्ट उनी भेरी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा कुनै सुधार नआएपछि गएराती साढे १० बजेतिर मृत्यु भएको जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

मृतक बृद्धले कोभिड सिल्डको दुबै मात्रा खोप पनि लगाएको उनले बताए । यो संगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ५० पुगेको छ । यस्तै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका ४ सय ४४ जनाको मृत्यु भएको छ ।

  • २९ माघ २०७८, शनिबार प्रकाशित

  • Nabintech