१२ श्रावण २०८१, शनिबार

बुटवलमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते
  • न्युज मानसराेवर

बाँके\ बुटवलको ज्योतिनरमा स्कुल बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।बुटवल उपमहानगरपालिका–४ स्थित ज्योतिनगरमा आइतबार बिहान विद्यार्थी बोकेको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटना भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहनबहादुर खाँणले बताए । घाइतेमध्ये ८ जना विद्यार्थी, चालक र सह–चालक गरी १० जना घाइते भएको उनले बताए ।

घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको हे । घाइतेमध्ये ३ जना विद्यार्थी, चालक र सहचालकको अवस्था मध्यम रहेको र अन्य बाँकी ५ जना विद्यार्थीको अवस्था सामान्य रहेको प्रवक्ता खाँणले बताए । बसमा ८ जना विद्यार्थी, चालक र सहचालक गरी १० जना रहेका थिए ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech