१२ श्रावण २०८१, शनिबार

बाँकेमा १८ वर्षमाथिकालाई बुस्टर डोज दिईंदै
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा आइतवारदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप दिन शुरु गरिएको छ । दोस्रो डोज खोप लगाएका ६ महिना पूरा भएका सबैले आइतवारदेखि बुस्टर डोज लिन पाउने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बुस्टर डोजको रूपमा उपलब्धताका आधारमा कोभिसिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिने निर्णय भएको छ । यसअघि सरकारले मिक्स म्याचको अवधारणाअनुसार बुस्टर डोजमा फरकफरक खोप पनि दिएको थियो ।

कोभिड–१९ संक्रमण भएका व्यक्तिहरूले भने संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज खोप लिन श्रेष्ठले अनुरोध गरेका छन् ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech