१२ श्रावण २०८१, शनिबार

नेपालगन्जबाट बुटवल जाँदै गरेको बसमा आगलागी
  • न्युज मानसराेवर

बाँके\नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी भन्ने स्थानमा आगलागी भएको
छ ।आगलागीबाट बसमा पूर्ण रूपमा क्षति पुगेको छ । भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।

बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले जानकारी गराएका छन।   बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए ।

  • १ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech