कपिलवस्तु-वाणगंगा नगरपालिका-९ चौवा बस्ने ६० वर्षीय रामसमुज थारुलाई प्रहरीले पाँच थान भरुवा बन्दुकसहित आइतबार दिउँसो पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले थारुको घर तलासी गर्दा प्लास्टिकले छोपी राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो। उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।