११ श्रावण २०८१, शुक्रबार

भेरी अस्पतालका संरचना हटाउने कार्य बीचमै रोकियो
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्जस्थित भेरी अस्पतालको स्तरवृद्धि गर्नका लागि ब्यवसायिक संरचना हटाउने कार्य बीचमै रोकिएको छ । अस्पतालले दशकौं पुराना ब्यवसायिक संरचना हटाउने कार्य केही महिनाअघि सुरु गरेको थियो । अस्पताल विकास समितिले यि जीर्ण संरचना हटाउँदै गर्दा बीचमै रोकिन पुगेको हो ।

अस्पतालले आधाभन्दा बढी संरचना भत्काइसकेको अवस्थामा बीचमा रोकिएपछि अहिले उक्त अभियान अलपत्र परेको छ । भेरी अस्पताल विकास समितिसँग रेडक्रस सोसाइटी बाँके शाखा र चिकित्सक संघ भेरी शाखाको विवाद अहिले पनि मिलेको छैन । उनीहरु बीचको विवाद अदालतसम्म पुगेको छ ।

 

  • २ फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech