१० असार २०८२, मंगलवार

बाँकेमा कांग्रेसको अधिवेशन दुई दिन सर्यो
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेस बाँकेको अधिवेशनको मिति दुई दिन पर सरेको छ । अधिवेशन हुँन बाँकी बाँकेसहित १६ जिल्लाको अधिवेशन दुई दिन पर सारेर फागुन १५ गते हुने भएको हो ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारेको सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका बाँके, अछाम, कैलालीसहित १६ जिल्लामा अधिवेशन हुन बाँकी छ ।१३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिको जन्मोत्सव परेकाले उनकै पुत्र विमलेन्द्र निधिले अनुरोधमा अधिवेशनको मिति सारिएको बताइएको छ ।

  • ५ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech