बाँके\कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ। १७ औं नगर सभामा उपप्रमुख सुवेदीले आगामी वर्षका लागि एक अर्ब १६ करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन। त्यसै गरी नगर प्रमुख पूर्णप्रसाद आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन।
‘हरित, संगमस्थल हाम्रो शहर स् सुन्दर, समृद्ध कोहलपुर नगर’ भन्ने मुख्य नाराका साथ नीति तथा कार्यक्रम ल्याइएको हो । कोहलपुरका १८ हजार भन्दा बढि भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी लालपूर्जा वितरण गर्ने, स्मार्ट डिजिटल बोर्ड जडान गर्ने, जनतासंग नगर प्रमुख संवाद कार्यक्रम, हरित नगरपालिका बनाउन थप १० हजार बिरुवा रोपी संरक्षण गर्ने, फुटबल प्याराफिट निर्माण गर्ने, कोहलपुर साहित्यिक महोत्सव सञ्चालन गर्ने, शैक्षिक तालिम केन्द्र स्थापना गर्ने, विज्ञान प्रयोगशाला पार्क स्थापना गर्ने, जैविक बनबाटिका निर्माण गर्ने र मिसन रोजगारी अभियान जस्ता कार्यक्रम नीती तथा कार्यक्रममा समेटिएका छन् ।










