दाङ\दाङको तुलसीपुरका इँटा उद्योगले बालश्रमिक राख्ने गरेको पाइएको छ । उपमहानगरपालिकाभित्रका इँटा उद्योगमा साढे तीन सय हाराहारीमा बालश्रमिक रहेको पाइएको हो । बेस संस्थाअन्तर्गत रहेको सक्रिय परियोजनाले गरेको तथ्याङ्क सङ्कलनअनुसार ३४८ बालबालिका श्रममा रहेको खुलेको हो ।उपमहानगरपालिकाभित्र रहेका १७ वटामध्ये १५ इँटा उद्योगमा गरिएको अध्ययनानुसार १८० बालक, १६८ बालिका रहेको बेस संस्थाका कार्यक्रम अधिकृत पिङ्की चौधरीले जानकारी दिए ।