१० असार २०८२, मंगलवार

कोइराला प्रखर क्यान्सरअस्पतालमा उपचार गराउनेले २ लाख सुविधा पाउने
  • न्युज मानसराेवर

बाँके\ लुम्बिनी प्रदेश सरकारले क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्मको सुविधा दिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले यो सुविधा पाउने छन् ।

यसका लागि क्यान्सर अस्पताल खजुरालाई लुम्बिनी सरकारले सूचीकृत समेत गरेको छ । हालै लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले क्यान्सर अस्पताल खजुरालाई विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत गरेपछि क्यान्सर अस्पतालमा उपचार गराउने क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्म सुविधा दिइने भएको हो ।

तर, यो सुविधा भने लुम्बिनी प्रदेशमा स्थायी घर भएका बिरामीले मात्र पाउने छन् । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरीका अनुसार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा यही फागुन १ देखि विपन्न नागरिक उपचार कोष निर्देशिका, २०७५ अनुसार सूचीकृत भएको हो ।

  • १० फाल्गुन २०७८, मंगलवार प्रकाशित

  • Nabintech