बाँके\ नेपाली कांग्रेस बाँकेको निर्वाचन पुनः स्थगित हुने संकेत देखिएको छ । केन्द्रिय निर्वाचन समिति निर्वाचन स्थगित गर्ने निस्कर्समा पुगेको हो । पटक पटक पछाडी सर्दै आएको निर्वाचन यही फागुन १५ गते हुने तय भएको थियो ।
निर्वाचन कार्यक्रम अनुसार फागुन १२ गते बिहीबार भोली उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम थियो । नेपाली काङ्ग्रेस केन्द्रिय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले निर्वाचन स्थगित गर्ने निचोडमा पुगेको बताए ।
संसदमा टेबुल भएको एमसिसीलाई पारित गर्नका लागि कांग्रेसले आफ्ना साम्सदलाई ह्वीप जारी गरिसकेको छ । संघीय साम्सद रहेका जिल्लामा पार्टीको चुनाव स्थगित गर्ने निर्णयमा पुगेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । बाँकेबाट सर्वतआरा खानम संघीय संसदमा छिन । जिल्ला निर्वाचन परिचालन समितिको आपतकालिन बैठक अहिले बसिरहेको छ । पछिल्लो पटक बाकेसहित १६ जिल्लामा कांग्रेसको निर्वाचन हुने तयारी थियो । संयोजक घिमिरेका अनुसार यी मध्ये बाँके सहित १० जिल्लामा संघीय सांसद रहेका छ्न ।