२२ असार २०८२, आईतवार

कांग्रेसको जिल्ला अधिवेशन फेरि स्थगित
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेसको हुन बाँकीमध्ये अधिकांश जिल्लाको अधिवेशन फेरि स्थगित हुने भएको छ । काँग्रेस निर्वाचन समितिले एक सूचना जारी गर्दै फागुन १५ गते हुने भनिएको अधिवेशन फेरि स्थगित गरेको हो । काँग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा फागुन १५ गते अधिवेशन तय गरिएको थियो ।

तर, समितिले पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमका कारण १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन फागुन २० गतेभित्र सम्पन्न गर्नेगरी व्यवस्था मिलाउने निर्णय गरेको छ ।

  • ११ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech