बाँके \नेकपा एमालेका पोलिट व्युरो सदस्य गोकुल बास्कोटाले माओवादी केन्द्रमा कांग्रेसीकरण भएको दाबी गरेका छन् ।
प्रेस चौतारी नेपाल बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका नेता बास्कोटाले वर्तमान सत्तागठबन्धनका दल कांग्रेस कि माओवादीकरण हुनुपर्ने कि माओवादी कांग्रेसीकरणको दिशामा अघि बढेको बताए । उनले भने, ‘पछिल्लो घटनाक्रमले माओवादीमा कांग्रेसीकरणको प्रक्रिया सुरु भइरहेको छ ।
त्यसमा हाम्रो एमालेबाट गएका माधव नेपाललगायतको पनि साथ छ ।’ उनले प्रचण्ड जहिले पनि सत्तावादी भएको टिप्पणी गरे ।पत्रकारको जिज्ञासामा अधिकांश जवाफमा सत्तागठबन्धनलाई गाली गर्नमै खर्चिएका उनले सत्ताधारी दलको एकतालाई ठग गठबन्धनको संज्ञा दिएका थिए
बास्कोटाले प्रमादेशी गठबन्धनसंग एमाले स्थानीय तह मा एक्लै निर्वाचनमा सामान गर्ने बताए । उनले अहिले देशैभर यही अभियानमा केन्द्रित रहेका छौँ उनले भनेका छन। उनले आर्थिक क्षेत्र तहसनहन रहेको बताए । उनले पुजीँगत खर्च हुन सकेको छैन मुलुको राजनितिक अवस्था गरिब मारा चरम चरम मुल्य बुद्धिको सामना गर्न बाध्य भएका छन। उनीहरुले लोकतन्त्र माथी समेत हमाला गरेको आरोप लगाएका छन।
। प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका केन्द्रीय सदस्य, प्रचार विभाग उप -प्रमुख, तथा दैलेख जिल्ला सह(इन्चार्ज प्रमुख विष्णु रिजालको पनि सहभागिता रहेको थियो ।