११ असार २०८२, बुधबार

कांग्रेस बाँकेको सदस्यमा गिरी मनोनित
  • न्युज मानसराेवर

बाँके\नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको सदस्यमा युवा नेता डिल्ली गिरीलाई मनोनित गरिएको छ । उनी नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का निर्वतमान क्षेत्रीय सचिव हुन् ।

नेता गिरीलाई कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले मंगलबार मनोनित गरेका हुन् । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को परिच्छेद ३ दफा १२ को उप दफा ५(ख) को २ अनुसार जिल्ला सदस्यमा मनोनित गरिएको सभापति गौडेलले उल्लेख गरेका छन् ।

  • ८ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech