२६ असार २०८२, बिहीबार

आज देशका केही स्थानमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\हाल देशमा भारतको बिहार आसपास रहेको न्यूनचापीय रेखाको सामान्य प्रभाव छ। अहिले प्रदेश नम्बर-१ मा आंशिकदेखि सामान्य बदली छ। देशका अरू भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अरू भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

  • २१ चैत्र २०७८, सोमबार प्रकाशित

  • Nabintech