२६ असार २०८२, बिहीबार

खजुरामा ८० किलोमिटर सडक कालोपत्र
  • न्युज मानसराेवर

बाँके\ बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षमा ८० किलोमिटर सडक कालोपत्र गरेको छ । वर्षात्मा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्र र ग्राभेल गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाभित्रका सडक करीब ८० किलोमिटर कालोपत्र गरिएको गाउँपालिकाले बताएको छ । त्यस्तै ग्राभेलसहित १८० किलोमिटर सडकले खजुरा गाउँपालिकाको जनजीवनमा परिवर्तन आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको भनाइ छ ।

उनका अनुसार गाउँपालिकाले जनताको चाहना, आवश्यकताका आधारमा गाउँपालिकाभित्रका मुख्य, सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अहिले गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भएका छन् ।

केही सडक स्तरोन्नति समेत भइरहेका  वडा नम्बर ४ का अध्यक्ष तिलकवीर सुनारले बताए । रासस

  • २२ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech