२६ असार २०८२, बिहीबार

पश्चिमी वायुको प्रभाव : विभिन्न स्थानमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\लुकका विभिन्न भागमा पश्चिमी वायुको प्रभावले शनिवार वर्षाको सम्भावना रहेको छ ।

जल तथा  मौसम  विज्ञान विभागका  अनुसार हाल मुलुकमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू- भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक- दुई स्थानमा मेघ गर्जन/ चट्याङ्गसहित हल्का वर्षा भएको छ।

शनिवार प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही अन्य भू- भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी  भू- भागका  केही  र बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू- भागका थोरै स्थानहरूमा मेघ गर्जन/ चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

  • २६ चैत्र २०७८, शनिबार प्रकाशित

  • Nabintech