२७ असार २०८२, शुक्रबार

सात हतियार मात्रै बुझाइयो बाँके जिल्ला प्रशासनमा
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ ।

अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी गराएका छन। इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो ।

स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरिएको थियो ।

कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको थियो । इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो । जिल्लामा ५५५ जनाले इजाजत प्राप्त हतियार राख्ने अनुमति पाएका थिए ।

सहायक प्रजिअ तथा सूचना अधिकारी हरिप्रसाद शर्माले केही दिनभित्रै सो सम्बन्धमा निर्णयमा पुगिने छ उनले भनेका छन। बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी गराए  ।

इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो । स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती हतियार चैत मसान्तभित्र जिल्ला प्रशासन कार्यालयमा बुझाउन सूचना जारी गरिएको थियो ।

कार्यालयले निर्धारित समयभित्र हतियार नबुझाए खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने जनाएको थियो । इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालय तथा आ–आफ्नो नजिकको प्रहरी इकाइमा सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि फिर्ता दिइनेसमेत जनाइएको थियो ।

  • ६ बैशाख २०७९, मंगलवार प्रकाशित

  • Nabintech