२७ असार २०८२, शुक्रबार

बैजनाथ ६ मा जडान गरियो हाइमास्टर सडक बत्ती
  • न्युज मानसराेवर

बाँके \ बैजनाथ गाउँपालिका वडा न ६ स्थित संझना बजारमा हाइमास्टर सडक बत्ती  जडान गरिएको छ । हाईमास्टर सडक बत्तीको कूल लागत ११ लाख खर्चमा जडान गरिएको बैजनाथ गाउँपालिका वडा न ६ अध्यक्ष भद्र बहादुर बस्नेतले जानकारी गराए ।

११ लाख रकम मध्य ६ लाख बैजनाथ गाउँपालिकाको र बाँकी ५ लाख वडा कार्यालयको बजेट बाट हाइमास्टर सडक बत्ती जडान गरिएको बस्नेतले भनेका छन । अब आउने मिटरको खर्च वडा कार्यालयले व्यहोने छ उनले भने । जडान गरिएको हाइमास्टर सडक बत्ति साझ ७ बजे बाट आफै प्रकाश दिने र विहान ५ बजे स्वत बन्द हुने बताइएको छ ।

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech