१६ चैत्र २०८०, शुक्रबार

बैजनाथ गाउँपालिकाले सहकारीलाई हस्तान्तरण गर्यो भवन
  • रामकृष्ण छिनाल

बैजनाथ\ बैजनाथ गाउँपालिकाले बैजनाथ सामाजिक उद्यमी महिला सहकारीलाई भवन हस्तान्तरण गरेको छ । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरेको साना किसान उद्यमी सुढृढिकरण परियोजना अन्तरग गठित सहकारीलाई एक कार्यक्रममा विच बैजनाथ गाउँपालिका वडा न ४ ले ५ वर्षका लागि न्यूनतम मासिक शुल्क लिने गरी भवन उपलब्ध गराइएको हो ।

भवन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाललले यहाँ बैजनाथका महिलाहरुको आर्थिक रुपान्तरण, महिला शशक्तिकरण एवं सवलिकरण,दिगो विकास तथा आत्म निर्भरतालाई मध्य नजर गर्दै गाउँपालिकाले परियोजना संचालन गरेको बताए । उनले अब सामाजिक तथा आर्थिक रुपान्तरणमा महिलाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै राज्यका सबै निकायहरुमा त्यसको प्रभाव देखिएको उल्लेख गरे ।

उनले बैजनाथ गाउँपालिकाको प्रथम संस्थापक गाउँपालिका जनप्रतिनिधि हुन पाउँनु गर्व महशुस भएको बताए । आर्थिक र चरम गरिबीमा जिवीकोपार्जन गर्दै आइरहेका परिवारहरुको आर्थिक सवलीकरण गर्न पाउँदा थप हर्षित तुल्याएको उनले भने । कानूनी प्रावधान अनुसार केही न्यूनतम शुल्क लिएर यहाँहरुको सहकारीलाई भवन हस्तान्तरण गरिएको जानकारी गराए ।अध्यक्ष रुचालले संस्थापक जनप्रतिनिधि भइरहँदा आफुले कहिले पनि राज्यको श्रोत साधनको दुरुप्रयोग नगरेको दावी गरे । उनले भने मैले यातायातको साधन पाउथे, चालक पाउथे, स्वकीय सचिव पाउँथे ,तर कहिले पनि जनताका प्रतिनिधिहरुले त्यस्तो गर्न हुदैन भन्ने मान्यताले प्रयोग गरिन ।

भोलि आउने जनप्रतिनिधिले पनि त्यसको अनुसरण गर्नु पर्ने बताए । राज्यको श्रोत साधान सबै प्रयोग गरेर जनताका प्रतिनिधिहरुले ५ वर्ष पछि त्यसको जवाफ दिनु पर्दा लजित तुल्याउने समेत बताए ।अध्यक्ष रुचालले यस कार्यक्रमलाई निरन्तरताका लागि सबै समुहमा आवद्ध महिलाहरुले आउने स्थानीय सरकारलाई ध्यानआकर्षण गराउनु पर्ने जोड दिए । त्यसै गरी वडा न ४ का दलित महिला सदस्य मनमाया चुनाराले अब आउने सरकारले समेत यस कार्यक्रमलाई निरन्तर लैजानु पर्नेमा आफुहरुको जोड रहेको बताएकी थिइन ।

उनले कार्यक्रमले समाजमा ल्याएको परिर्वतनलाई संस्थागतरुपमा आफ्नो जीवनमा पनि व्यहारिकरुपमा लागु हुनु नै कार्यक्रमको सफलता रहेको दावी गरीन । त्यसै गरी कार्यक्रममा गैर सरकारी संस्था नेपालका केन्द्रिय सदस्य धर्मलाल रोकायाले सामाजिक,आर्थिक तथा साँस्कृतिक रुपान्तरण र महिला शशक्तिकरका लागि परियोजना गाउँपालिकाले शुरुवात गरेको प्रति धन्यवाद दिए ।

उनले गाउँपालिका अध्यक्ष ज्यूको अनुरोधमा हेफर प्रोजेक्ट नेपाल र उत्पीडित सामुदायिक विकास केन्द्रको साझेदारीमा परियोजना संचालन गरिएको बताए । उनले परियोजनाको स्वामित्व स्थानीय सरकारले लिएको प्रति धन्यवाद व्यक्त समेत गरेका छन। त्यसै गरी बैजनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष काली बहादुर सिहलें सहकारीका उपाध्यक्ष कमला बुढालाई भवनको संझौता हस्तान्तरण गरेका थिए । हाल उक्त सहकारीमा १८ सय परिवार शेयर सदस्य रहेका छन।

 

  • २६ बैशाख २०७९, सोमबार प्रकाशित

  • Nabintech