१४ बैशाख २०८१, शुक्रबार

बैजनाथमा एमाले कार्यकर्ताले लिए माेटरसाईकल नियन्त्रणमा
  • न्युज मानसराेवर

बैजनाथ / बैजनाथ गाउँपालिका वडा ८ का नेपाली कांग्रेसका उम्मेदवार भगन थारूका छाेरा विजय थारूकाे माेटरसाईकल एमाले कार्यकर्ताले नियन्त्रणमा लिएका छन ।

विजय थारूले बस्तीमा  निर्वाचनलाई प्रभाव पार्न चहलपहल गर्न खाेज्दा स्थानीय एमाले कार्यकर्ता हरूले भे८ प ७१०८ नम्बर माेटरसाईक नियन्त्रणमा लिई ईलाका प्रहरी कार्याल संझना बझाएका हुन  ।

उनीहरूले संझना ट्राफिक असइ सुरेन्द्र शाहलाई माेटर साईकल बुझाएका हुन । शाहले आफुहरूकाे गस्तीमा एमाले कार्यकर्ताहरूले माेटर साईकल बुझाएकाे स्कार गरे  ।

त्यसै गरि बैजनाथ ८ का कांग्रेस वडा अध्यक्ष उम्मेदवार भगन थारूले भने बस्तीमा दाजु भाईकाे झगडा हुँदा झगडा मिलाउन खाेज्दा एमाले कार्यकर्ता माेटरसाईकल नियन्त्रण लिएकाे बताएका छन ।

त्यसै गरि नेकपा एमाले बाट वडा अध्यक्ष उम्मेदवार प्रेम खत्रीले भने समाजमा अराजक रूपमा निर्वाचन लाई प्रभाव पार्न खाेजेकाे आराेप लगाएका छन ।

  • २९ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech