१२ बैशाख २०८१, बुधबार

बाँकेमा सर्वदलीय निर्णय अनुसार मतगणनाको तयारी
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको छ।निर्वाचन सम्पन्न भएको पालिकामा मतपेटिका संकलन भइसकेको र केही पालिकामा मतपेटिका संकलन हुने क्रममा छन्।सबै पालिकाहरुमा मतपेटिका संकलन भइसकेपछि मतगणना शुरु गर्ने तयारी गरिएको  छ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक राखेर भएको सहमति अनुसार मत गणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारिले जानकारी दिए । नेपालगञ्जमा आजै रातीदेखि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत तिवारीले बताए ।

यसैगरी कोहलपुर नगरपालिकामा पनि रातीदेखि नै गणनाको तयारी गरिएको निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए । काेहलपुरकाे पिपरीकाे सरस्वती मािवमा रहेको मतदान केन्द्रमा साझ 5 बजेपछि मतदान गर्ने कुरामा विवाद भयपछि मतदान हुन सकेकाे छैन ।समाचार तयार पार्दासम्म सर्वदलिय बैठक बसेर केन्द्र भीत्र रहेकालाई मतदान गर्न दिने सहमति भयकाे निर्वाचन अधिकृत भट्टले जानकारी दिए ।

राप्तीसोनारी गाउँपालिकामा भने भोली विउहान ६ बजेदेखि मतगणना गर्ने तयारीमा आफूहरु रहेको निर्वाचन अधिकृत टोपेन्द्र बहादुर केसीले बताए ।  जानकीमा सर्वदलीय बैठक बसेर त्यसको निर्णयको आधारमा सकभर आजै रातीदेखि नभए भोली विहान ८ बजेदेखि मतगणना हुने निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए ।

नरैनापुरमा मतपेटिका बुझेर मत गणनाकाे लागि सर्वदलीय बैठक बसेर आजै मतगणना शुरु गर्ने  निर्वाचन अधिकृत रेशम आचार्यले बताए । डुडुवामा पनि रातीदेखि नै मतगणना गर्ने तयारी छ । निर्वाचन अधिकृत फटिकराज मुडभरीले सर्वदलीय निर्णय अनुसार हुने बताए ।

यसैगरी खजुरामा पनि साेहि अनुसारको तयारी भएको निर्वाचन अधिकृत लाेकबहादुर सुनारले जनाए ।
बैजनाथमा पनि सर्वदलीय बैठकको निर्णय अनुसार आजै रात्री १२ बजे बाट  मतगणना शुरु हुने निर्वाचन अधिकृत टेकबहादुर थापाले जानकारी दिए ।

धेरैजसो मतदान केन्द्रहरुमा साँझ अबेरसम्म मतदान भएकाले मतपेटिका संकलनमा ढिलाई हुँदा मतगणना मध्यराती या भोली विहान शुरु हुने देखिएको छ । मतदान अबेरसम्म चल्दा बाँकेमा खसेको मत अझै यकिन हुन सकेको छैन । यद्यपि औषतमा ७० प्रतिशत मत खसेको आंकलन गरिएकाे छ ।

  • ३० बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech