१४ असार २०८२, शनिबार

बुटवलमा कांग्रेसले मतान्तर बढायो
  • न्युज मानसराेवर

बुठवल\ बुटवल उपमहानगरमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले मतान्तर थप फराकिलो बनाएका छन् ।

१४ सय मतगणना हुँदा कांग्रेसका मेयर उम्मेदवार पाण्डेले ६०३ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दोस्रो स्थानको मत ल्याएका छन् । उनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार बाबुराम भट्टराई २३९ मतसहित तेस्रो स्थानमा छन् ।

उपमेयरमा भने राप्रपा उम्मेदवार भगवती पाण्डेले अरुलाई पछि पारेकी छन् ।

पाण्डेले ३१९ मत ल्याउँदा एमालेबाट उपमेयर उम्मेदवार बनेकी सावित्रा अर्यालले २९४ मत ल्याएकी छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका चिनबहादुर गुरूङले २४३ मत ल्याएका छन् ।

गुरुङ एकीकृत समाजवादीका उम्मेदवार हुन् ।

  • ३१ बैशाख २०७९, शनिबार प्रकाशित

  • Nabintech