६ चैत्र २०८०, मंगलवार

राप्ती सोनारी ८ मा एमालेको पुरै प्यानल निर्वाचित
  • न्युज मानसराेवर

बाँके (राप्तीसोनारी) : राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ मा नेकपा एमालेको पुरै प्यानल निर्वाचित भएको छ । उक्त वडामा एमालेका तर्फबाट वडाअध्यक्षमा शालिकराम डाँगीसहित सबै सदस्य निर्वाचित भएका हुन् ।

डाँगीले नेपाली कांग्रेसका नरेन्द्र ओलीलाई पराजित गरेका हुन् । डाँगी १३७१ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी कांग्रेसका ओलीले १०८६ मत पाएका छन् ।

उक्त वडामा २०७४ सालमा नेपाली कांग्रेसका खुमबहादुर बस्नेत निर्वाचित भएका थिए । बस्नेत हाल नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव छन् ।

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech