६ चैत्र २०८०, मंगलवार

बाँकेमा कुन वडामा कसले जित हात पार्याे विवरण सहित
  • न्युज मानसराेवर

बाँके / बाँकेका ८ वटा स्थानीय तहमध्ये अहिलेसम्म २४ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । बाँकेमा रहेका ८१ वटा वडामध्ये २४ वटा वडाको परिणाम सार्वजनिक हुँदा सबैभन्दा बढी वडा एमालेले जितेको छ ।

एमालेले अहिलेसम्म ८ वटा वडा जितेको छ । यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले ६/६ वटा जितेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले ३ र राप्रपाले १ वटा वडा जितेका छन् ।

वडामा निर्वाचित वडाअध्यक्षको विवरण :-
१. नेपालगन्ज १ मा एमालेका प्रमोद रिजाल पुनः निर्वाचित ।
२. नेपालगन्ज २ मा राप्रपाका मनोज श्रेष्ठ निर्वाचित ।
३. नेपालगन्ज २२ मा जसपाका अब्दुल गफ्फार हलवाई निर्वाचित ।
४. नेपालगन्ज २३ मा कांग्रेसका उम्मेदवार जबर अलि बेहना निर्वाचित ।
५. जानकी १ मा जसपाका उम्मेदवार मो. रजा राई निर्वाचित ।
६. राप्ती सोनारी १ मा एमालेका यमबहादुर खड्का निर्वाचित ।
७. राप्ती सोनारी २ मा एमालेका ज्ञानेन्द्रराज ओली निर्वाचित ।
८. राप्तिसोनारी ३ मा एमालेका मिनकुमार थारु निर्वाचित ।
९. कोहलपुर १ मा माओवादी केन्द्रका बद्रीप्रसाद जैशी निर्वाचित ।
१०. कोहलपुर १५ मा कांग्रेसका दिपेन्द्रकुमार थारु निर्वाचित ।
११. खुजुरा १ मा कांग्रेसका मनविर खत्री निर्वाचित ।
१२. खजुरा २ मा माओवादी केन्द्रका धनीराम ओली निर्वाचित ।
१३. डुडुवा १ मा  कांग्रेसका पटेश्वरी कुर्मी पुनः निर्वाचित ।
१४. बैजनाथ १ मा एमालेका रुपबहादुर मल्ल निर्वाचित ।
१५. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित ।
१६. नेपालगन्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्धिकी पुनः निर्वाचित ।
१७. राप्ती सोनारी ४ मा माओवादी केन्द्रका मिनराज खड्का निर्वाचित ।
१८. राप्ती सोनारी ९ मा एमालेका सोहनलाल थारु निर्वाचित ।
१९. जानकी २ मा माओवादी केन्द्रका चन्द्रिका गुप्ता पुनः निर्वाचित ।
२०. डुडुवा ६ मा एमालेका मोहनराम मिश्र पुनः निर्वाचित ।
२१. नेपालगन्ज २० मा जसपाका कौसल धोवी निर्वाचित ।
२२. राप्ती सोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित ।
२३. कोहलपुर २ मा कांग्रेसका हरि कठायत निर्वाचित ।
२४. खजुरा ४ मा माओवादी केन्द्रका टेकबहादुर रोका क्षेत्री निर्वाचित ।

  • २ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech